तीन सातापछि शेयर बजारमा करेक्सनः नेप्से परिसूचक २३.७६ अंकले बृद्धि

तीन सातापछि शेयर बजारमा करेक्सनः नेप्से परिसूचक २३.७६ अंकले बृद्धि

केन्द्रबिन्दु
0
Shares

करिब तीन सातादेखि लगाताररुपमा घटिरहेको शेयर बजारमा साताको अन्तिम दिन बिहीबार करेक्शन भएको छ। 

नेप्सेका अनुसार आज शेयर बजार २३.७६ अंकले बढेको छ। आज २३.७६ अंकले बढेर नेप्से परिसूचक २ हजार ८२४.८९ अंक पुगेको छ। 

आज कारोबार भएका २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैँयाँ बराबरको कारोबार भएको छ। आज ट्रेडिङ समूह २०.६ अंक र अन्य समूह १२.०१ समूह घटेका छन्। बाँकी सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ८९.५७ अंकले बढेको छ।

लामो समयपछि बजारमा उत्साह छाएको दिन आज गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले सबैभन्दा बढी ९.४७ प्रतिशतले नाफा कमाएका छन्। यता कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ३.६१ प्रतिशतले घाटा व्यहोरेका छन्। आज नेपाल बैंकको उच्च कारोबार भएको छ। उक्त बैंकको २१ करोड ५२ लाख ९१ हजार ५७ रुपैंयाँ बराबरको शेयर किनबेच भएको हो।   

साताको पहिलो दिन ८.४८ अंक, दोश्रो दिन सोमबार ११.७८ अंक, तेस्रो दिन  ५.२४ अंक र चौथो दिन हिजो बुधबार १६.९७ अंकले बजार घटेको थियो। 

Logo