एस जे मोटोले एमभी अगस्टा सुपरभेलोचे सिरी ओरोको बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ।
एस जे मोटोले नेपालमा मोटरसाइकल र मोटरसाइकल संस्कृतीलाई मान्यता दिन अगस्टा सुपरभेलोचे सिरी ओरोको बाइक सार्वजनिक गरेको जनाएको छ। बिहीवार एक कार्यक्रमकाबीच जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै सिमित व्यक्तिहरुको उपस्थितीमा सुपरभेलोचे सिरी ओरो बाइक सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
सुपरभेलोचे ओरो मोटरसाइकल विश्वप्रशिद्ध इटालिनय ब्राण्ड, एमभी अगस्टाको नियो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्रीबाट व्युत्पन्न इन–लाइन तीन सिलिन्डर ईन्जिन र एक कम्याक्ट शरीर संरचना साथै नियमित डिजाइनको लागि सुविधा प्रदान गर्दै आएको छ।
हाल ३ सय उत्पादन गरिएको उक्त मोटरसाइकल रेसिङ बिरासतबाट प्रेरित भएपनि यसमा उच्च प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ।
एस जे मोटो नेपालमा नयाँ र रिफर्बिस गरिएको सुपर बाइकहरुको लागि एक प्रीमियर मोटरसाइकल शोरुम हो । साथै यो अन्य ऐतिहासिक मोटरसाइकल र सुपर बाइकहरुको लागि संग्रहालयसमेत रहेको कम्पनीले जनाएको छ । त्यसका साथै उक्त ग्यालेरीमा कफीसप समेत सञ्चालनमा रहेको छ । कफी सपमा नेपाली संस्कृति झल्किने जैविक कफी पनि पाइन्छ । यसैगरी यो शार्क हेलमेट्स, सेगुरा बेयरिंग गियर्स, डीजेआई ड्रोनहरु र विशिष्ट एस जे मोटो व्यापारिक सामानको खुद्रा वितरक च्यानल पनि हो ।
कम्पनीले दिएको जानकारी अनुसार हाल एसजे मोटोसँग एमभी अगस्टाका MV Augusta F3, MV Agusta F4, MV Augusta Dragster, MV Agusta Brustale 800, MV Agusta Turism Velove र MV Agusta Tourism Velcone Lusso बाइकहरु रहेका छन् । त्यतिमात्रै नभएर रिफर्बिस गरिएका बाइकहरु पनि बिक्री तथा वित्तीय सुविधाका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसैगरी एमभी सुपरभेलोचे वा अरु कुनै एमभी अगस्टा बाइक बुकिङ्ग गर्न चाहनेहरुले बाइकको शोरुम अथवा [email protected] मा ईमेल गर्नका लागि समेत अनुरोध गरेको छ।





























प्रतिक्रिया