विश्व बैंकले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि १० करोड अमेरिकी डलर अर्थात (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ।
विश्व बैंकका कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा सुधार गरि क्षमता बृद्धि गर्ने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको छ।
नेपालस्थित विश्व बैंकको कार्यालयले यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने जनाएको छ।
नेपाल, श्रीलंका र माल्दिभ्सका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताएका छन्। विद्यालय संकाय विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने सहायताले विद्यालय छोड्ने र पढाइमा भइरहेको घाटाको समस्यालाई समाधान गर्ने विश्व बैंकको विश्वास छ।
यसबाहेक नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रमका लागि प्रदान गरिने ५ करोड डलरको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयनलाई थप एक वर्षसम्म सहयोग पुर्याउँदै दिगो परिणाम हासिल गर्न सहयोग पुग्ने विश्वास विश्व बैंकको छ।





























प्रतिक्रिया