फेबिकलका उत्पादकहरूले बजारमा ल्याएको विश्वप्रसिद्ध इपोक्सी एडेसिभ (जोड्ने पदार्थ) नेपाली बजारमा भित्रिएको छ। ९ ग्राम, १३ ग्राम, ३६ ग्राम, ९० ग्राम, १८० ग्राम, ४५० ग्राम र १.८ केजीको प्याकमा यो उपलब्ध छ।
भाँचिएको, टुटे फुटेको कुरा जोड्न र मर्मत गर्न यसको प्रयोग गर्न सकिन्छ। रंग नभएको पारदर्शी एरलडाइटलाई सिसा, सेरामिक, गरगहना, मार्बल र धातु जस्ता सामग्री जोड्न ५ मिनेट मात्रै लाग्ने कम्पनीको दावी छ।
अन्य एडेसिभको प्रयोगले सामग्रीहरू पोको पर्ने र खुम्चने समस्या देखिए पनि एरलडाइट प्रयोग गर्दा त्यस्तो नहुने बताइएको छ।
एरलडाइट प्रयोग गरेर जोडिएमा पानी, बल, ताप, क्षय र . रसायनबाट पनि सुरक्षित रहने उत्पादकको दावी छ।
कसरी प्रयोग गर्ने?
१. जोड्नुपर्ने कुरालाई पुछेर सुख्खा बनाउने
२. दुई कन्टेनरबाट बराबर मात्रामा तरल पदार्थ निकालेर मिसाउने।
३. उक्त मिश्रणलाई २–३ मिनेटको अन्तरालमा जोड्नुपर्ने सामग्रीमा लगाउने।
५. जोडिएको स्थानलाई ५ मिनेटसम्म कस्ने।





























प्रतिक्रिया