अर्थमन्त्री शर्मा तथा नाडा प्रतिनिधि मण्डलवीच छलफल

अर्थमन्त्री शर्मा तथा नाडा प्रतिनिधि मण्डलवीच छलफल

केन्द्रबिन्दु
0
Shares

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ५ सदस्यीय नाडा प्रतिनिधि मण्डलले आज नव नियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई शुभकामना दिँदै अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेको छ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे आफ्नो धारणा राखेका थिए। सो छलफलमा अध्यक्ष दुलालले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गरिदिन आग्रह गरे। 

नेपालमा स्थानिय रुपमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे। त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउँदो ०७८/७९ को मोद्रीक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गरे।

त्यसैगरी उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापका कारण आर्थिक बर्ष २०७३/७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिए ।

त्यसैगरी नेपालका सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको कुरा राखेका थिए । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए।

उक्त छलफलमा माननीय अर्थमन्त्री जनार्दन शर्माले सरकारले सवै नेपाली जनतालाई नै सर्वसुलभरुपमा खोप उपलब्ध गराउने जानकारी दिँदै नेपालमै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रहसमेत गर्दै त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासनसमेत दिए।

त्यसैक्रममा उनले नेपालको अटोमोवाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सवै एकैसाथ उल्लेख गरेर पठाउनसमेत नाडाका पदाधिकारीहरुलाई आग्रह गरे। सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।                                                                        

Skip This
Skip This
Logo