मानुषी लघुवित्त र सानिमा लाइफले पाए आइपिओ जारी गर्ने अनुमति

मानुषी लघुवित्त र सानिमा लाइफले पाए आइपिओ जारी गर्ने अनुमति

केन्द्रबिन्दु
0
Shares

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आइपिओ) जारी गर्न अनुमति पाएका छन्।

धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो।

मानुषी लघुवित्तले ०७८ वैशाख १३ गते  र सानिमा लाइफ इन्स्योरेन्सले ०७८ जेठ ९ गते बोर्डसँग शेयर बिक्रीका लागि अनुमति मागेका थिए।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता शेयरमध्ये कर्मचारीहरू र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३, ३ लाख गरी ६ लाख कित्ता छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ।

सानिमा लाईफ इन्स्योरेन्सको आइपिओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन्।   

Logo