मध्य भोटेकोशी जलविद्युतले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते बिक्री बन्द गरिएकोमा मंगलबारदेखि पुन: खुला गरिएको कम्पनीले बताएको छ ।
निष्कासन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आवेदन दिन पाउनेछन्।
कम्पनीले धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।































प्रतिक्रिया