बैंकहरुको चौथो त्रैमासको वित्तीय प्रतिवेदन निकाल्ने समय साउन मसान्तसम्म थप

बैंकहरुको चौथो त्रैमासको वित्तीय प्रतिवेदन निकाल्ने समय साउन मसान्तसम्म थप

केन्द्रबिन्दु
0
Shares

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने समय अवधि थप गरेको छ। सोमबार राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै २०७८ साउन मसान्तसम्म वित्तिय प्रतिवेदन प्रकाशन गर्न पाउने व्यवस्था कायम गरेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले असार मसान्तभित्रमा असुल हुनुपर्ने ब्याज रकम भदौ १५ गतेभित्र प्राप्त भएमा त्यस्तो रकमलाई असार मसान्तको आम्दानीमा समावेश गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत पत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन–परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको छ।

यसअघि हरेक त्रैमासको महिना सकिएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्यरुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको थियो।

Logo