यती एयरलाइन्सको सिमरा उडान आजदेखि शुरु

यती एयरलाइन्सको सिमरा उडान आजदेखि शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
यती एयरलाइन्सले आजदेखि काठमाडौं-सिमरा–काठमाडौं उडान शुरु गरेको छ । एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंदेखि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर आजबाट काठमाडौं–सिमरा–काठमाडौं उडान सुचारु गरिएको बताएको छ । आज नाइन एन–एएलएज कल साइन भएको जेटस्ट्रीम–४१ विमानमार्फत विहान ९ बजेर १० मिनेटमा पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ बजेर ४५ मिनेटमा हुने पनि एयरलाइन्सले बताएको छ ।

एयरलाइन्सले कोभिड संक्रमणको रोकथामका सबै मापदण्ड अपनाएर यात्रा गर्ने वातावरण मिलाएको बताएको छ । एयरलाइन्समा यात्रा गर्ने यात्रुले पनि धेरै समय पछि यति एयरलाइन्समार्फत यात्रा गर्न पाउँदा सुरक्षित महसुस भएको बताएका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई उच्चतम ध्यान दिई यात्रुलाई सुरक्षित भई यात्रा गर्ने वातावरण एयरलाइन्सले बनाएको यात्रुहरुको भनाई छ ।

एयरलाइन्सले पनि अबदेखि दैनिक दुई वटा उडान काठमाडौं–सिमरा–काठमाडौंका लागि हुने बताएको छ । यात्रुहरुको माग भएमा उडान संख्या थप्न सकिने पनि एयरलाईन्सको भनाई छ । यस्तै एयरलाइन्सले आज पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रु मध्ये गोलाप्रथा मार्फत १ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने बताएको छ ।

यतिले हालका लागि काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फि १ हजार ९ सय ९९ रुपैयाँ भाडादर तोकेको छ । २०५५ सालदेखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाजमार्फत सेवा दिंदै आएको छ। यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

Skip This
Skip This
Logo