काठमाडौं ।
नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई बैंकको अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा शम्भुप्रसाद पौडेलको पदावधि सकिएसँगै बैंकले उपेन्द्र पौडेललाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।
पौडेललाई बैंकले करिब ३ वर्षका लागि नियुक्त गरेको हो । ०७४ मंसिर १५ गतेदेखि उनी बैंकमा सञ्चालकको रूपमा थिए । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका पौडेल यसअघि एनएमबी बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा कार्यरत थिए । उनी नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् ।
उनी एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि पनि हुन् । उनले सन् १९८६ मा ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष सेवा गरेका थिए । १४ वर्ष ग्रिनलेज बैंक, १७ वर्ष एनएमबी तथा ३ वर्ष नबिल बैंकसहित उनीसँग ३४ वर्षको बैंकिङ अनुभव छ ।





























प्रतिक्रिया