चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मूख्य बजार पनि सुनसान

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मूख्य बजार पनि सुनसान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मूख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँ‌दै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ ।

विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । मंगलबार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा सुनसान देखिएको थियाे । केही पसलहरु खुलेका देखिए पनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए ।

खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बजारमा सुनसान देखिएको छ । विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारीहरुको गुनासो छ ।

ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकिय क्षेत्र भए पनि यसवर्ष पर्यटकहरु नै देख्न पाइँदैन । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।

Logo