अर्थ सचिवको जिम्मेवारीमा मधुकुमार मरासिनी

अर्थ सचिवको जिम्मेवारीमा मधुकुमार मरासिनी

केन्द्रबिन्दु
0
Shares

सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । अर्थसचिव हुनु अघि मरासिनी महालेखा नियन्त्रक रहेका थिए ।

मरासिनी यसअघि लामो समय देखि अर्थमन्त्रालयमा नै रहेर काम गरेका थिए ।  उनले अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय तथा समन्वय महाशाखाको प्रमुख भएर काम गरेका थिए । त्यस्तै उनीसँग अमेरिकास्थित विश्व बैंकको नेपाल डेस्क प्रमुख समेत भएर काम गरेको अनुभव छ ।

मरासिनी लुम्विनी प्रदेशका मुख्यसचिव हुदै महालेखा नियन्त्रकको कार्यालयमा रहेका थिए । 

गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन सचिवहरुको सरुवा गरेको छ । अर्थ सचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । राजन खनाल सेवा निवृत्त बनेसँगै ढुंगाना अर्थसचिव बनेका थिए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।
 

Skip This
Skip This
Logo