सामाजिक सुरक्षा कोष स्वेच्छिक, बैंकका कर्मचारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा कोष स्वेच्छिक, बैंकका कर्मचारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश


सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बैंकका कर्मचारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

सामाजिक सुरक्षा कोष विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार बैंकका कर्मचारीको पक्षमा अन्तरिम आदेश सुनाएको हो । सर्वाेच्चले अन्तरिम आदेश सुनाउँदै  कोषलाई स्वेच्छिक बनाउनसमेत भनेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले चार दिनदेखि निरन्तर सुनुवाइपछि कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो। 
सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनुपर्ने माग राख्दै कर्मचारी आन्दोलित थिए । बैंकहरुलाई सामाजिक कोषले गत असार मसान्तभित्र दर्ता भइसक्न भनेको थियो। त्यसबिरुद्ध कर्मचारी असार २२ गते सर्वोच्च गएका थिए। 

Logo