राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई विश्वास गरेनः राजस्व सचिव पुडासैनी

राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई विश्वास गरेनः राजस्व सचिव पुडासैनी

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । 

शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई कार्यक्रममा मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए । 

अर्थ सचिव मधुकुमार मरासिनीले राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व संकलनमा समेत सुधार आउने तर्क गरे । 

तीन दशकभन्दा लामो समय निजामति सेवामा विताउँदाको अनुभव सुनाउदै सचिव पुडासैनीले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको तीक्तता पोखे ।

Logo