सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिबद्धतामा भारी गिरावट देखिएको छ।
उद्योग विभागको गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार सूचना तथा सञ्चार प्रविधि क्षेत्रका १५ वटा परियोजनामा २ अर्ब ९५ करोड ५१ लाख ३० हजार रूपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो।
आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ८ करोड १२ लाख ३० हजार रूपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा ४ अर्ब १२ करोड ६१ लाख रुपैयाँ अर्थात ५८ प्रतिशतले कमी आएको हो।































प्रतिक्रिया