सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक रहेको महासंघको ठहर

सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक रहेको महासंघको ठहर

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धन सरकारको ल्याएको साझा न्यूनतम कार्यक्रम सकारात्मक रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

सरकारले खोपको वितरण, उत्पादनमूलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता बिकासका लागि सकारात्मक रहेको महासंघको ठहर छ ।  

आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको पनि जनाएको छ ।

त्यस्तै, महासंघले बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी र श्रमिक वर्गलाई खोपको प्राथमिकतामा नराखिएकोप्रति विरोध जनाएको छ । यदि अझै पनि उद्यमी व्यवसायीलाई खोपको व्यवस्था गर्न नसकिएन अबको लहरमा उत्पादन र आपूर्ति विगतमा झैं सुचारु राख्न कठिन हुने जनाएको छ ।

लघु, साना तथा मझौला उद्योगहरुलाई वित्तीय पहुँच, दर्ता तथा कर प्रणाली सहज बनाउँदै त्यस्ता उद्योगहरुको बजार पहुँच बढाउने भन्ने बिषयलाई महासंघ स्वागत गरेको छ । 

Logo