यस्तो छ ‘हीरा’ महँगो हुनुको वास्तविक कारण

यस्तो छ ‘हीरा’ महँगो हुनुको वास्तविक कारण


हीरा बहुमूल्य वस्तु हो भन्ने ज्ञान सबैलाई छ। तर, हीराको मूल्य किन एकदमै बढी छ भन्ने कुराबारे हामी खासै सोच्दैनौँ।  

कुनै पनि कुराको महँगोपनका पछाडि त्यसको दुर्लभता हुन सक्छ। १९ औँ शताब्दीको पूर्वाद्घसम्म हीरा दुलर्भ हुने गथ्र्यो। त्यसै अनुसार मूल्य उच्च थियो। तर, दक्षिण अफ्रिकास्थित किम्बर्ली सहरमा हीरा खोज्नेले ठूलो खानी भेटे। 

हीरा व्यापारमा प्रभुत्व राख्दै आएको ‘डिबियर्स कार्टेल’ भनिने ‘डिबियर्स माइनिङ कम्पनी’लाई भने यसरी ठूलो खानी भेटिनुले चिन्तित बनायो। माग–आपूर्तिको सामान्य अर्थशास्त्रीय सिद्धान्त अनुसार हीराको आपूर्ति बढ्दा त्यसको मूल्य घट्नुपर्थ्याे। तर, डिबियर्स कम्पनीसहित अन्य हीरा उत्पादकको ‘डिबियर्स कार्टेल’ले उत्पादनमाथि नियन्त्रण राखेर सानो मात्रामा मात्रै हीरा बजारमा ल्याएर आपूर्तिमा नियन्त्रण राख्यो। 

कार्टेलले एक वर्षमा अमेरिकामा जति विवाह हुन्छ, त्यति नै मात्रामा हीरा उत्पादन गर्दै गर्यो।

२१ औँ शताब्दिसम्म पनि डिबियर्सले अमेरिकाको कूल हीरा उत्पादनको ९० प्रतिशतसम्म हिस्सा ओगेटेको हुनाले हीराको आपूर्ति नियन्त्रण गरेर मूल्य बढाउन भूमिका खेल्यो। 

यसमा बजारीकरणले पनि भूमिका खेल्यो। डिबियर्सको विज्ञापन अभियानले अमेरिकामा हीराको औँठीलाई विवाहको चिनोका रूपमा स्थापित गर्यो। 

चलचित्रदेखि लिएर गीतसंगीतको प्रयोगबाट डिबियर्सले हीराको प्रचार गरेको पाइन्छ। म्यारिलिन मुन्रोको ‘डाइमन्ड्स आर अ गल्र्स बेस्ट फ्रेन्ड’ (हीरा महिलाको सबैभन्दा मिल्ने साथी हो) गीतमा पनि डिबियर्सले लगानी गरेको बताइन्छ। 

(‘बिजनेस इन्साइडर’ बाट भावानुदित)

Logo