देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामाः अर्थमन्त्री शर्मा

देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामाः अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताएका छन्। 

मंगलबार संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६÷७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन्। आर्थिक वर्ष २०७७/७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि १ खर्ब ४३ अर्बले सञ्चित कोष घाटामा रहेको देखिएको समेत बताए।

अघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकका लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यथार्थ तथ्याङ्क प्रस्तुत गरेका छन्। 

श्वेतपत्रमार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै सार्वजनिक ऋण बढेर कुल ग्राहस्थ उत्पादनको झन्डै ४०.५ प्रतिशतको हाराहारीमा पुगेको बताए। यस्तो ऋणमा हालसम्म आन्तरिक तर्फ ८ खर्ब रहेको र वैदेशिक ऋण ९ खर्ब २८ अर्ब रहेको बताएका छन्।

Logo