शेयर बजारमा लगानीकर्ताको मनोबललाई उच्च बनाउँछौंः अर्थमन्त्री शर्मा

शेयर बजारमा लगानीकर्ताको मनोबललाई उच्च बनाउँछौंः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारमा नयाँ लगानीकर्ताको प्रवेश र वित्तीय स्रोतको सहज उपलब्धताले शेयरबजार परिसूचकमा तीब्र वृद्धि भइरहेको बताएका छन्। 

मंगलबार संसदमा श्वेतपत्र  प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउने बताएका हुन्।

त्यस्तै, उनले पूँजीबजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनेसमेत बताए । बजारमा लगानीकर्ताको हित संरक्षण गर्नका लागि स्वस्थ बजार प्रणाली अपनाउनु पर्ने पनि उल्लेख गरे।

अर्थमन्त्री शर्माले यस्तो बताइरहँदा सांसद पार्वती जिसी चौधरीले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग राखेकी छिन्। सांसद चौधरीले हाल विद्यमान ब्रोकरले ग्राहकलाई दिने सेवा प्रभावकारी हुन नसकेको र पछिल्लो समय पूँजी बजार विस्तार हुँदै गइरहेका कारण बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग राखेकी हुन्।

चौधरीको मागको जवाफमा अर्थमन्त्री शर्माले शेयर बजारलाई पारदर्शी र व्यवस्थित गर्नुपर्नेमा सरकार तयार रहेको बताए।

Skip This
Skip This
Logo