कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदको नियुक्तिपत्र बुझेका छन्।
बुधबार ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र दिएका हुन्।
४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण गएका छन् । उनको स्वागतमा प्राधिकरणमा सबै तयारी गरिएको छ।
उनले आजै पदभार ग्रहण गर्ने भएका छन्।































प्रतिक्रिया