विद्युत प्राधिकरणमा कुलमान घिसिङले लिए दोस्रोपटक पदबहाली (भिडियोसहित)

विद्युत प्राधिकरणमा कुलमान घिसिङले लिए दोस्रोपटक पदबहाली (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पटक पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन्। पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए, साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिए।

गठबन्धन सरकारको नेतृत्व दल नेपाली कांग्रेस अवैधानिक भएको छ। वरिष्ठ अधिवक्ता बाबुराम कुँवरका अनुसार १४ औं महाधिवेशन समयमा नगर्दा कांग्रेस अवैधानिक भएको हो। संविधान र कानुनले दलको महाधिवेशन पाँच वर्षसम्ममा सम्पन्न हुनुपर्ने भनिएको छ। र, विशेष परिस्थितिमा ६ महिनासम्म थप गर्न मिल्ने प्रावधान संविधानमा छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै उनले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन्। पोखरेलको राजीनामा आजै प्रदेश प्रमुखले स्विकृत गरिदिएका छन्। अब प्रदेशप्रमुखले सरकार गठनको आह्वान गर्नेछन्। विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीको राजीनामा स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ।

नेपाल सरकारले एसियाली विकाश बैंकसँग १९ अर्ब ५८ करोड रुपैँयाँ बराबरको सहुलियत ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी  नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने बताइएको छ। जसबाट  ६८ लाख जनसंख्या लाभान्वित हुने सरकारको प्रक्षेपण छ।

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । ३४ वर्षीय मेस्सी दुई वर्षको सम्झौतामा पिएसी गएका हुन्। पिएसजीले फ्रि एजेन्टमा मेस्सीलाई वार्षिक २५ मिलियन युरो र बोनस दिने सर्तमा अनुबन्धन गरेको हो। उक्त क्लबमा मेस्सीलाई ३० नम्बर जर्सीमा देखिने भएको छ।

Logo