श्वेतपत्रमा आर्थिक परिसूचकको तुलना नमिलेको आरोप

श्वेतपत्रमा आर्थिक परिसूचकको तुलना नमिलेको आरोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सरकारबाट सदनमा प्रस्तुत श्वेतपत्रमा पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरलाई आधार मानेर त्यसभन्दा अघि र पछिका वर्षको तुलना गरिनु उपयुक्त नभएको बताएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसदमा प्रस्तुत गरेको श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा कँडेलको आरोप छ। सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर यो श्वेतपत्र जारी गरेको उनले बताए ।

सार्क राष्ट्र सबैको आर्थिक वृद्धिदर घटेको जनाउँदै उनले यो वर्ष पनि अपेक्षाअनुसार आर्थिक वृद्धि हुने सम्भावना नदेखिएको बताए। 

Skip This
Skip This
Logo