निक्षेप संकलन दर वृद्धि गरी २ प्रतिशत कायम गरिने

निक्षेप संकलन दर वृद्धि गरी २ प्रतिशत कायम गरिने

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ। 

गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको जानकारी दिए। 

करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट बृद्धि गरी २ प्रतिशत र रिपो दरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३.५० प्रतिशत कायम गरिएको छ।

त्यस्तै, गत आर्थिक वर्षमा विद्युतिय कारोबारमा उल्लेख्य विस्तार भएको बताएका हुन् । उनले कोभिड महामारीका समयमा विद्युतिय कारोबारमा वृद्धि भएको बताएका हुन् । उनले स–साना तरकारी पसलदेखि सबै क्षेत्रमा विद्युतिय कारोबारमा पहुँच पुगेको बताए।

Logo