मौद्रिक नीतिः अब लघुवित्त संस्थाले पनि २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउने

मौद्रिक नीतिः अब लघुवित्त संस्थाले पनि २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

अब लघुवित्त वित्तीय संस्थाहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन्। 

शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्तलाई पनि २५ प्रतिशत ऋणपत्र जारी गर्ने पाउने व्यवस्था गरेको छ।  

लघुवित्तले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्न पाउने मौद्रिक नितीमा उल्लेख गरिएको छ । अहिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र ऋणपत्र जारी गर्ने सुविधा छ। 

काठमाडौंबाहिरका प्रादेशिक वित्तीय संस्थाहरुले काठमाडौंमा सम्पर्क कार्यालय खोल्न पाउने पनि व्यवस्था गरिएको छ। अहिले जुन क्षेत्र हो त्यहीँ मात्र कार्यालय खोल्ने व्यवस्था छ। 

Skip This
Skip This
Logo