राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (भिडियोसहित)

राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ। कोरोना महामारीको कारण प्रभावित उद्योगी–व्यवसायीलाई राहतसहित बैंकले मौद्रिक नीति ल्याएको हो। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित व्यवसायलाई निरन्तरताका लागि उचित राहत दिने गरी मौद्रिक नीति ल्याएको बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको छ। एक महिनामा देउवा नेतृत्वले लोकप्रिय भन्दा बढी आलोचित हुने काम गरेको छ। एक महिना वितिसक्दा समेत न्युनतम कार्य अन्तर्गत मन्त्रिपरिषदसमेत गठन गर्न नसकेका देउवालाई विपक्षी मात्रै नभएर आफ्नै दलका नेताहरू समेतले विरोध गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा दलका नेतालाई सत्ता पक्षका नेता जसरी आलोचना भएको भन्दै विरोध गरेको छ। एमालेले देउवा नेतृत्वको सरकार जनादेशबाट नभएर परमादेशबाट बनेको भन्दै परमादेशबाट हटेका केपी ओलीलाई सत्तापक्ष जसरी गालीगलौजको केन्द्रबिन्दु बनाएर विरोध गरेको जनाएको छ। आजैको बैठकमा एमालेको विरोधका कारण बिहीबार माओवादी केन्द्रका नेता मात्रिका यादवले ओलीलाई ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भनेर प्रयोग भएको शव्द पनि रेकर्डबाट हटाउन रुलिङ गरिएको छ।

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिहरूलाई घर–घरमै पुगेर खोप उपलब्ध गराउन आदेश दिएको छ। संक्रमणको ग्राफ पनि बढेको र सरकारले खोप अभियानलाई संचालन गरिरहेको सन्दर्भमा सर्वोच्चले उक्त वाध्यकारी आदेश दिएको हो। अर्कोतर्फ आजै सर्वोच्चले इँटा भट्टामा राखेर मजदुरहरुलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिदिँदै सुनुवाई सारिदिएको छ।

अफगानिस्तानमा तालिबानको दवदवा बढ्दै जाँदा त्यहाँका ३४ प्रान्त मध्ये १३ वटा प्रान्त सशस्त्र विद्रोही तालिवानले आफ्नो कब्जामा पारेको छ। पछिल्लो समय त्यहाँको दोस्रो ठूलो सहर कान्दहार पनि नियन्त्रणमा लिएको छ। यता अमेरिकाले भने अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई राजधानी काबुल छाड्न निर्देशन दिएको छ। 

Logo