सानिमा लाइफको आइपीओ बाँडफाँट, १९ लाख आवेदककाे हात खाली

सानिमा लाइफको आइपीओ बाँडफाँट, १९ लाख आवेदककाे हात खाली

केन्द्रबिन्दु
0
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) को बाँडफाँट भएको छ। आज सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्गमा बाँडफाँट भएको हो।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँट भएको छ। गाेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन्। गोलाप्रथाद्वारा गरिएको बाँडफाँटमा लक्की नम्बर २ को चिट्ठा परेको छ।

कम्पनीको आइपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। कम्पनीको आइपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो। 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि साउन २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियाे । 

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।

Skip This
Skip This
Logo