शिलान्यास १२ वटा, निर्माण भएनन् एउटा पनि

शिलान्यास १२ वटा, निर्माण भएनन् एउटा पनि

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष ०७७\७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । 
गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो ।

कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

विगतमा प्रदेश सरकारका लगानीमा जिल्लामा पक्की पुल शिलान्यासको लहर चलेको थियो । विभिन्न नदी तथा खोलामा ती सबै पक्की पुल निर्माणाधीन छ । तीमध्ये तीन वटा पुलको आगामी असोजसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आव रहेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जनाए । 

गत वर्ष शिलान्यास भएका दुई वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको हो ।
चालू वर्षमा पनि प्रदेश सरकारले जिल्लाका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । 

ऋषिङ गाउँपालिका–४ मधुवन र पाँच रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति सकिएको छ । ठेक्का सम्झौताअनुसार गत असार २५ गते पुल निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र चार वटा पुल शिलान्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन । रासस

Logo