सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।
सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा कोषका लागि रकम नकाटेको भन्दै बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरण परिसरमा युनियनले आइतवार बिहान विरोध प्रदर्शन गरेको हो ।
युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताए ।
पराजुलीले भने, ‘हामीले बारम्बार नागरिक उड्ययन प्राधिकरणलाई श्रमिकको सामाजिक सुरक्षा लागू गर्नुपर्यो भन्यौँ । तर सुनुवाइ भएन । यो सांकेतिक मात्रै हो । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यहाँको ठेकेदार कम्पनी, इन्जिनियरिङ शाखा, नागरिक उड्ययन प्राधिकरण भ्रष्टाचारको आडमा सामाजिक सुरक्षा भत्ता काटेन भनेर उजुरी हाल्नेछौँ, नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्नेछौँ ।’





























प्रतिक्रिया