होटल अन्नपूर्णका कर्मचारी आन्दोलित

होटल अन्नपूर्णका कर्मचारी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । 

कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलवसमेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका हुन् । 

उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजारसमेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापनविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

होटल व्यवस्थापनले होटल एशोसिएन अफ नेपाल (हान) सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जनाए ।

होटल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । उनीहरुले तत्काल होटल सञ्चालन गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न होटल व्यवस्थापनलाई दवाव दिएका छन् ।

 

Logo