१० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

१० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।

आज निष्काशन हुने विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री हुनेछ । उक्त ऋणपत्र खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । मंगलबार निष्काशन हुने विकास ऋणपत्र २०८७ ‘ङ’ को अवधि ७ वर्षसम्म रहेनछ ।

ऋणपत्र खरिद गर्न इच्छुक खरिदकर्ताहरुले प्रतिस्पर्धी र अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी खरिदकर्ताका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ राष्ट्र बैंकले छुट्याएको छ ।

इच्छुक लगानीकर्ताले आज दिउसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नु पर्नेछ । ऋणपत्र माघ १४ गते बुधबार निष्काशन हुनेछ भने २०८४ माघ १४ गते गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

Logo