नेप्से परिसूचक ४८.४२ अंकले घट्यो

नेप्से परिसूचक ४८.४२ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ। मंगलबार पनि भारी अंकले गिरावट देखिएको थियो।

आज नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३ हजार ७६.४५ अंकमा मात्रै सीमित भएको छ । अघिल्लो एक साता अगाडिसम्म नयाँ रेकर्ड बनाउँदै गएको नेप्से एक सातादेखि निरन्तर ओरोलो लाग्न सुरु भएको छ।

आज कारोबारमा आएका २२७ कम्पनीकोे १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा कारोबार भएको छ। यी मध्ये १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २६ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ। साथै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आजको कारोबारमा नेप्सेका सबै उपसमूहहरु  राताम्मै भएका छन्। तर जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

अन्य सबै कम्पनीको शेयर भारी गिरावट आएको छ। त्यस्तै कारोबार रकमका आधारमा अरुण काबेली पावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावर लगायतका कम्पनी शीर्ष स्थानमा रहेका छन्।

Skip This
Skip This
Logo