अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा, दशैँअघि परीक्षण गर्ने तयारी

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा, दशैँअघि परीक्षण गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।

निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ। 

सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ। जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी चार हजार ५०० मिटर (४५००) सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत्गृहमा पानी खसालिने छ। आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

०७२ मा सुरु गरिएको सो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।

Skip This
Skip This
Logo