नेप्से परिसूचक ४९.१६ अंकले गिरावट, कारोबार रकम १५ अर्बमाथि

नेप्से परिसूचक ४९.१६ अंकले गिरावट, कारोबार रकम १५ अर्बमाथि

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक ४९.१६ अंकले गिरावट आएको छ। पछिल्लो एक सातादेखि लगातार रुपमा घट्दै गएको नेप्से आज पनि घटेको हो। 

आइतबारको कारोबारमा फाइनान्स उपसमूह बाहेक शेयर बजार राताम्मे भएको छ । ४९.१६ अंकले गिरावट आएर नेप्से ३ हजार ४४.९० अंकमा सीमित भएको छ।

आज कारोबारमा आएको २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ। 

जसमध्ये १८० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । साथै ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज कारोबारमा नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रुरु जलविद्युत् परियोजना कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

Skip This
Skip This
Logo