घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सयले घटेको हो। यो आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो।

गत हप्ता आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको थियो। बिहीबार सुन २ सयले घटेको थियो भने शुक्रबार ५ सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९१ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo