आन्तरिक हवाई उडानः हट्यो अनिवार्य गरिएको फेस शिल्ड

आन्तरिक हवाई उडानः हट्यो अनिवार्य गरिएको फेस शिल्ड

केन्द्रबिन्दु
0
Shares

कोरोनाको पहिलो तथा दोस्रो लहरको लकडाउनपछि सुरु भएको आन्तरिक उडानमा संक्रमण नियन्त्रणको लागि यात्रुलाई अनिवार्य रुपमा मास्क र फेस शिल्डको प्रयोग गराइएको थियो । 

तर अब अनिवार्य गरिएको फेसशिल्ड प्रयोग वायुसेवा कम्पनीले हटाएका छन्। 

निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न वायुसेवा कम्पनीले बुधबारदेखि यात्राका लागि अनिवार्य फेस शिल्डको प्रयोग अनिवार्य हटाइएको जनाएका छन्। 

फेस शिल्ड प्रयोगलाई यात्रुले झन्झटिलो मान्नुका साथै यात्रापछि जथाभावी फालेर फोहर हुन थालेपछि प्रयोगमा अनिवार्य नगरिएको बुद्ध एयरले जनाएको छ।

त्यस्तै,फेस शिल्ड प्रयोगका कारण वातावरणीय हिसाबले विमानस्थल फोहर हुँदै आएको श्री एयरलाइन्सले जनाएको छ। 

प्राधिकरणबाट मौखिक रुपमा फेस शिल्ड प्रयोग हटाउँदा फरक नपर्ने जानकारी आएसँगै प्रयोग अनिवार्य नगरेको यती एयरलाइन्सले जनाएको छ। 

नियमित आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीले एक साता अघिदेखि फेस शिल्ड प्रयोगलाई अनिवार्य नगर्न नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्दै आएका थिए।
 

Skip This
Skip This
Logo