सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज २ सयले घटेको हो।

यस हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको हो। 

गत हप्ता आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको थियो। बिहीबार सुन २ सयले घटेको थियो भने शुक्रबार ५ सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ८०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ३०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo