विशाल ग्रुपको बदमासीः म्याद नाघेका जंकफुडमा नयाँ स्टिकर

विशाल ग्रुपको बदमासीः म्याद नाघेका जंकफुडमा नयाँ स्टिकर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

व्यवसायीक घराना विशाल ग्रुपले म्याद नाघेका जंकफुडहरुमा नयाँ लेबल(स्टिकर) टाँसेर बजारमा बिक्रि गरेको पाइएको छ ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले विशाल ग्रुपको कम्पनीको गोदाममा छापा मार्दा म्याद सकिएका जंकफुडमा नयाँ स्किटर टाँस्दै गरेको पाइएको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) सहित गोदाममा पुगेको विभागले नयाँ स्टिकर टाँस्दा टाँस्दै ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई दरबारमार्ग प्रहरीले राखेको छ ।

विभागको टोलीले उनीहरुलाई म्याद सकिएका ओरिओ विस्कुट, चकलेट, आलुचिप्स लगायतका बस्तुहरुमा नयाँ स्टिकर टाँस्दै गर्दा पक्राउ गरेको थियो । सो स्थानबाट ३ गाडी म्याद गुज्रिएका जंकफुड समेत बरामद गरेको विभागले जनाएको छ । म्याद टाँस्न बाँकी रहेका बस्तुहरुको मूल्य करिब १ करोड रुपैँयाँ बराबर रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आयान डिस्ट्रिब्युटर वाफलका २ घर र अमेजन डिस्ट्रिब्युटरको एउटा घर शील गरिएकोे छ ।

Skip This
Skip This
Logo