शेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

शेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्। 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका हुन्। मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन्।  

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।  

 

Skip This
Skip This
Logo