एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

केन्द्रबिन्दु
0
Shares

अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई परिमार्जन गर्ने गरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०७८ प्रतिनिधि सभामा पेश गरी पास भएसँगै एमालेको विरोधका बीच बजेट पेश गरेका छन् ।

शुक्रवार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।

अध्यादेश स्वीकृत भएसँगै त्यसलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक संसदमा पेश गरेका हुन् ।

Logo