५ लाख गरीब तथा विपन्न प्रतिपरिवारलाई १० हजार नगद अनुदान दिने घोषणा

५ लाख गरीब तथा विपन्न प्रतिपरिवारलाई १० हजार नगद अनुदान दिने घोषणा

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने सरकारले घोषणा गरेको छ ।

शुक्रबार प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

कोभिडका कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गर्दै बताएका हुन्।
 

Skip This
Skip This
Logo