बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतबहादुर बस्नेतलाई नियुक्त गरेकी छिन्।
उपाध्यक्ष पदमा नियुक्त बस्नेतले आजै पद तथा गोपनीयताको सपथ पनि ग्रहण गर्दै पदभार सम्हालेका छन्।
आयोगको सदस्यहरूमा ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेल नियुक्त भएका छन्।
सदस्य नियुक्त भएका श्रेष्ठ नेकपा (एमाले) को रामेछाप जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख हुन्।
ताम्राकार काठमाडौँको बालुवाटार र प्याकुरेल नुवाकोटको विदुर नगरपालिका–१० का हुन्।
प्रदेशको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बिहीबार नियुक्त गर्ने निर्णय गरेको थियो।
नवनियुक्त आयोगका सदस्य श्रेष्ठले प्रदेशको नीति योजना निर्माणमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने बताए।































प्रतिक्रिया