भारतमा अमेरिकी कम्पनी फोर्ड कारको उत्पादन बन्द

भारतमा अमेरिकी कम्पनी फोर्ड कारको उत्पादन बन्द

केन्द्रबिन्दु
0
Shares

अमेरिकी कम्पनी फोर्डले भारतमा फोर्ड कार उत्पादन बन्द गर्ने भएको छ ।

फोर्ड कम्पनीले  विज्ञप्ति जारी गर्दै कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने जनाएको हो ।

सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका कार उत्पादन प्लान्टहरू बन्द गर्ने जनाएको हो । 

फोर्ड कार उत्पादन बन्द गरे पनि तत्कालको लागि निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीको जनाएको छ ।

फोर्ड कार भारतमा उत्पादन सुरू भएदेखि भारतबाट नेपाललगायत अन्य देशमा बाहिरिने ठूला कार उत्पादकमध्ये एक हो ।

भारतमा २५ वर्ष पहिलो फोर्ड कम्पनी प्रवेश गरेको थियो । तर,भारतमा कम्पनी स्थापना भएदेखि निरन्तर रूपमा घाटामा गएको कम्पनीले जनाएको छ । 

निरन्तर घाटा बढेर करिव दुई अर्ब अमेरिकी डलर घाटा पुगेकाले नयाँ गाडी उत्पादन बन्द गर्ने भएको छ । तर, कारको इन्जिन उत्पादन भने कायमै राख्ने भएको छ ।

कम्पनीको घाटा निरन्तर रूपमा बढ्दै जाँदा नयाँ गाडीहरूको माग पनि घट्दै गएको कम्पनीले जनाएको छ । फोर्डले भारतमा बजार प्रतिस्पर्धाका लागि कडा सङ्घर्ष गर्नुपरेको थियो।

त्यस्तै,सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो। गत वर्ष विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजारमा हार्ली डेभिडसनले उत्पादन र विक्रीमा व्यापक कटौती गरेको थियो।

विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई यी घटनाहरूले धक्का दिएको छ।

भारतमा कारका पाँचवटा मोडल उत्पादन गर्दै आएको उक्त कम्पनीले आफ्ना ग्राहकका लागि गाडीको मर्मत सेवा, पार्टपुर्जा र वारेन्टीसम्बन्धी सहायता भने जारी नै राख्ने जनाएको छ।

रिपोर्टहरूका अनुसार भारतको यात्रुवाहक सवारीसाधन बजारमा फोर्डको दुई प्रतिशत भन्दा कम अंश रहेको छ। फोर्ड ठूला कार उत्पादकहरूको बजार अंशको सूचीमा नवौँ स्थानमा छ।

फोर्ड गाडी नेपालमा पनि रहेको छ। भारतमा गाडी उत्पादन बन्द हुँदा नेपालमा पनि असर पर्ने देखिएको छ।

Skip This
Skip This
Logo