बढ्यो सुनचाँदीको मूल्य, कति छ आज?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार ४ सयले घटेको थियो।

गत हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो। बिहीबार १ सयले घटेको थियो। यस्तै शुक्रबार १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo