१८ दशमलव ५४ अंकले ओरालो लाग्याे नेप्से

१८ दशमलव ५४ अंकले ओरालो लाग्याे नेप्से


साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार ओरालो लागेको छ। आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो।

मंगलबार २२२ कम्पनीको एक करोड ६३ लाख कित्ता शेयर करोबार भएको छ। जसमा पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ।

आज सबै समूहका उपसूचक राताम्मे भएका छन्। सबैभन्दा बढी निर्जिवन बीमा समूहको सूचक ओरालो लागेको छ। दोस्रोमा विकास बैंकिङ समूह छ। निर्जिवन बीमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ।

आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। कम्पनी १० प्रतिशतले फाइदामा गएको छ। आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता छन्। कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ। 

Logo