विश्वभर फैलिएको कोराेना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कंचनजंगा अगरबत्तीले मानिसहरुको भिड बढी हुने क्षेत्रलाई ध्यान दिँदै तरकारी बजार, फलफूल बजार र फुटपाथमा गई काठमाडौं भ्यालीका विभिन्न ठाउँहरुमा निःशुल्क मास्क वितरण गरेको छ।
कोरोना भाइरसको संक्रमण हालसम्म पनि फैलिरहेका कारणले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो। "मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं भन्ने सन्देश दिनका लागि मास्क वितरण गरिएको हो", सावित्री कंचनजंगा अगरबत्तीका बजार प्रबन्धक पुष्कर केसीले भने।
कोराेना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आइतबार एक हजार मास्क वितरण गरिएको र यसले कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित हुन र मास्क लगाउने बानी बसाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ। आगामी दिनहरुमा पनि भिडभाड हुने ठाउँहरुमा निःशुल्क मास्क वितरण गर्ने योजना यस कम्पनीले लिएको छ।
प्रतिक्रिया