उकालो लाग्यो सुनको मूल्य, कति बढ्यो आज ?

उकालो लाग्यो सुनको मूल्य, कति बढ्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला ४ सयले बढेको हो । आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २५५ मा कारोबार भइरहेको छ ।

Logo