निफ्राले शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश दिने

निफ्राले शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ। 

२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आफ्ना शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि स्थापना भएको बैंकले गत वर्ष ८ अर्ब रुपैयाँ सर्वसाधारणलाई शेयर बिक्री गरेको छ। 

कम्पनीले गत वर्ष सम्मको सञ्चिति मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेको हो। 

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीले प्रस्ताव साधारणसभामा लैजानेछ । राष्ट्र बैंकबाट अनुमोदन भएपछि लाभांश वितरण गर्ने निफ्राको तयारी छ।

कम्पनीको गत वर्षको वितरणयोग्य नाफामा ६५ करोड ८५ लाख रुपैयाँ थियो। कम्पनीले कुल ऋण लगानी २ अर्ब २७ करोड रुपैयाँ गरेको छ। यसबाहेक विभिन्न क्षेत्रमा लगानी एक अर्ब २८ करोड रुपैयाँ छ। 

Skip This
Skip This
Logo