दुई कर्मसियल बैंकले गरे लाभांश घोषणा, पहिलो घोषणा गर्ने बैंक बन्यो माछापुच्छे

दुई कर्मसियल बैंकले गरे लाभांश घोषणा, पहिलो घोषणा गर्ने बैंक बन्यो माछापुच्छे


आफ्नो शेयरधनी लगानीकर्तालाई वार्षिक आम्दानीको दुई वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्।

यसरी वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले शेयरधनीलाई लगानीकर्ता दिने लाभांश घोषणा गरेको छ । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

गत वर्षका नाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ बैंकले नाफा गरेको हो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रहेको छ । राष्ट्र बैंकले लाभांश स्वीकृति दिएपछि साधारणसभाले पारित गरेमा बैंकको चुक्ता पूँजी १० अर्ब ७६ करोड हुनेछ।

त्यस्तै आज नै सानिमा बैंकले पनि शेयर लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । 

प्रस्तावित लाभांश नगद लाभांश कर प्रयोजनका लागि शेयरधनीलाई बैंकले दिने भएको हो ।

गत अर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । अहिले बैंकको ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

Logo