उपभोक्ता संरक्षण विभागको चाडपर्व लक्षित बजार अनुगमन सुरू

उपभोक्ता संरक्षण विभागको चाडपर्व लक्षित बजार अनुगमन सुरू


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन बुधबारदेखि सुरु गरेको छ ।  

वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, नापतौल विभाग ,खाद्य गुणस्तर विभाग लगायतको टोलीले उपत्यकाका तीनै जिल्लाहरुमा संयुक्त अनुगमन सुरु गरेको विभागले जनाएको छ।

अनुगमन टोलीले चाडपर्वमा खपत हुने खाद्यन ,माछामासु ,लत्ताकपडा लगायत सबै बस्तुको अनुगमन गर्न लागेको विभागका प्रवक्ता शिवराज सेढाइले बताए ।

सरकारले हरेक बर्ष विभागको नियमित बजार अनुगमनसहित संयुक्त रुपमा बजार अनुगमन गर्दै आएको छ । 

विगतका वर्षको निरन्तरता स्वरूप बजारमा हुने कालोबजारी, मूल्य नियन्त्रण ,मूल्यबृद्धि, कम गुणस्तरका खाद्यान्न लेबलिङ लगायतको अनुगमन हुने भएको उनले बताए । 

चाडबाडका बेला बजारमा भीडभाड बढी भएको मौका छोपी व्यवसायीहरुले म्याद नाघेका खाद्यान्नहरु बिक्री गर्ने भन्दै अनुगमनलाई त ीब्रता दिने विभागको तयारी छ।

दशैं नजिकिँदै गर्दा संयुक्त टोलीसहित विभागको नियमित बजार अनुगमन टोलीले अनुगमन गर्ने भएको छ । 

अनुगमनको लागि वाणिज्य मन्त्रालयले पठाएको १२ जना र  विभागको ८ जनाको ६ वटा टोली रहने विभागले जनाएको छ । 
 

Logo