शुक्रबारदेखि एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले कार्यभार सम्हाल्दै

शुक्रबारदेखि एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले कार्यभार सम्हाल्दै

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ् राईले भोली शुक्रबारदखि कार्यभार सम्हाल्ने भएका छन् । २०७७ चैत तेस्रो सातामै खालिङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय भएको थियो । 

सीईओमा खालिङलाई सञ्चालक समितिले नियुक्त गरे पनि कार्यभार सम्हाल्न प्राविधिक कारणबश ढिलाई भएको बैंकले जनाएको छ। गत बैशाख दोस्रो सातादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नायब महाप्रबन्धक डा. सन्धिर कुमारले कार्यभार सम्हाल्दै आएका थिए ।    

एभरेष्ट बैंकमा सीईओ पदमा कार्यभार सम्हाल्ने खालिङ नै पहिलो नेपाली सीईओ हुन् । बैंकले विगत २५ वर्षदेखि भारतीय नागिरकलाई सीइओ बनाउँदै आएको थियो । सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको छ । 

खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंकको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थामा २ दशक बढी काम गरेको अनुभव छ ।
खालिङसँग बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा चिनिन्छन्।

Skip This
Skip This
Logo